प्रदेश नं १ बाट आज थप ३० जना कोरोनामुक्त भएका छन्।
कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन्।
हालसम्म प्रदेश १ बाट ७८ जनाले कोभिड—१९ लाई पराजित गरेर घर फर्किएका छन्। यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ।
यो सँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ। यतिबेला १२३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन्।
प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ, भने आरडिटीबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ।