नेपाल सुशासन अभियानले धनगढीमा भएको प्रहरीको हत्या प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।
बुधबार अभियानले धनगढीमा भएको घटनालाई लिएर विज्ञप्ति जारी गरेको हो।
बदमास व्यपारी, बेइमान राजनीतिक व्यक्तिहरु र भ्रष्ट कर्मचारी समेतको बिचौलीया र तस्करहरुबीच सांठगांठ हुँदा धनगढीमा प्रहरीको हत्या हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।
‘यस्तो प्रकारको गलत र घृणित काम, नीति र रवैयालाई सरकारले सुधार्नु पर्छ र यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सेटिङमा नमिल्ने र केही इमान्दार प्रहरी तथा कर्मचारीहरु निरिह, पीडित हुन्छन् जसकारण यसरी मारिन्छन्।’
यस्ता घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनताको सहयोग लिई सूचना आदानप्रदान गरी कार्यसम्पादन गर्नुपर्ने सुशासन अभियानको भनाइ छ।