संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले गत शुक्रबार दुई जनालाई काठमाडौंबाट गैंडाको खागसहित पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
सोलुखुम्बु दुधकोशी घर भई काठमाडौंको स्वयम्भू बस्ने १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङ तमनखोला घर भई तार्केश्वर नगरपालिका बस्ने २८ वर्षीय दीपक गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई महाशाखाले काठमाडौं महानगर-९ गैरीगाँउबाट पक्राउ गरेको हो।
प्रहरीले गैंडाको ९ सय ७० ग्रामको एउटा सिंह बरामद गरेको छ।
थप अनुसन्धानको लागि उनीहरूलाई आइतबार जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।