काठमाडौं उपत्यकामा १५० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा २९ र भक्तपुरमा २ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १७०३ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६६८, भक्तपुरमा ४७६ र ललितपुरमा ५५९ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१० हजार ९१९ जनाको पिसिआर परीक्षण र १८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ।
२५९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।