काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ८३९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५८४२, ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन्।
धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२ र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो।
बिहीबार देशभर १४ हजार ३ सय ४० जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।