यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दिगो विकास लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपीबीच दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमाल र युएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गरे।
कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सिईओ रिमालले युएनडिपीसँग सन् २०१७ सालदेखि नेपालमा मौसम परिर्वतन सम्बन्धी, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताए। उनले यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताए।

‘यूएनडीपीसँग विगत सन् २०१७ सालदेखि निरन्तररूपमा मौसम परिर्वत तथा शिक्षा, स्वास्थ्य र पर्यटन प्रर्वद्धनको क्षेत्रमा काम गरेका थियौं। नेपालको सबैभन्दा बढी नेटवर्क भएको एयरलाइन्स भएकाले यूनएनडीपीको प्रचार पनि हुने तर यसले गरेका काम प्रभावकारी हुने भएकाले एयरलाइन्सले सहकार्य गर्दै आएको छ’, उनले भने, ‘एयरलाइन्स कर्णाली तथा सुगम र दुर्गम स्थानमा समेत उडान गर्दै आएको छ। युएनडीपीसँग मिलेर एयरलाइन्सले पनि वातावरणको क्षेत्रमा केही नयाँ काम गर्ने गरी सम्झौता गरिएको हो। यति एयरलाइन्स कार्वन न्यटन एयरलाइन्स भनेर चिनिँदै आएको छ। यो वर्ष पनि यसको लागि प्रयास गरिरहेका छौं।’
सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक, विभिन्न तालिमको लागि थप सहयोग पुग्ने सिईओ रिमालले बताए। उनले पहिलेदेखि गर्दै आएको विरूवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको बताए।

‘एयरलाइन्स सन् २०१६ सालदेखि वातावरण सरसफाई र सगरमाथाको फोहोर उठाउने काम गर्दै आएको छ । यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रमा बढी प्राथकिता दिएर काम गर्दै आएको छ’, उनले भने, ‘सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक, विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने छ। पहिलेदेखि गदै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको हो ।’
त्यस्तै, यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्ससँगको सम्झौता नयाँ नभएको बताए।
उनले विगत सन् २०१७ देखि निरन्तर रूपमा वातारणको क्षेत्रमा काम गर्दै आएको स्मरण गरे।

कार्वन उत्सर्जन कम गर्न वातावरणको दिगो संरक्षण र विकाशमा यो सम्झौताले महत्वपूर्ण काम गर्ने बताए। प्रमुख लावेले यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे। उनले सम्झौतामा ५० हजार विरूवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको बताए। ‘यति एयरलाइन्ससँगको सम्झौता नयाँ होइन। सन् २०१७ देखि निरन्तर रूपमा वातारणको क्षेत्रमा सहकार्य गर्दै काम गरिरहेका छौं। यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी लागेको छ। यो सम्झौतामा ५० हजार विरूवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको हो,’ उनले भने।
यति एयरलाइन्सले कोरोना महामारीभन्दा अगाडि एक हवाइ यात्रु एक विरूवा रोप्ने अभियान समेत गर्दै आएको थियो। तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ।
एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढी विरुवा विभिन्न ठाँउमा रोपेको एयरलाइन्सले बताएको छ ।