अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिजुलीको पोल सार्न घुस लिएका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।
ललितपुरको गोदावरी नगरपालिकाका एक स्थानीयले आफ्नो जग्गामा गाडेको बिजुलीको पोल सारिदिन भन्दा प्राधिकरणको पाटन सव-स्टेशनका प्रमुख सोमप्रसाद पहाडीले एक लाख ४० हजार रुपैयाँ घुस मागेका थिए।
बिहीबार दिउँसो पहाडीलाई सेवाग्राहीबाट घुसबापत् लिएको रकमसहित पक्राउ गरिएको आयोगले जानकारी दिएको छ।
उनले प्राधिकरणको पाटन सव-स्टेशनको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।
पहाडी प्राधिकरणमा पाँचौ तहको सुपरभाइजर पदमा कार्यरत थिए।