धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गास्थित कोसी राजमार्गमा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गाउँपालिका-१ का २७ वर्षीय भुवन फेडी मगर र सहचालक दाङ बबई गाउँपालिका-३ का २१ वर्षीय नविन विक रहेका छन्।
बिहान ५ बजे धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.३-००१क ०५४९ नम्बरको टिपर बाटोबाट करिब २५ मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।