बुटवलको प्लान बि डान्स क्लबमा आगलागी भएको छ।
बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजनजिकै निर्माणाधीन उक्त क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको जानकारी दिए।
आगलागी के कारणले भएको हो त्यसबारे अहिले जानकारी नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण केहीबेरमा आउनेछ।