विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार ट्वीट गर्दै उनले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
'म पनि कोरोना पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी/शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु,' उनले लेखेका छन्।
अध्यक्ष मिश्रको अवस्था सामान्य रहेको र अस्पतालमा परीक्षणपछि घरमै आराम गरिरहेको बताए।