कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
आइतबार बेलुकी लम्कीचुहा नगरपालिका ४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीय मनसरा न्यौपाने घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि काेहलपुर मेडिकल कलेज लगिएको थियाे।
उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त माेटरसाइकलका चालक राजन चाैधरीलाई प्रहरीले नियन्त्रण लिएको छ।