संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले एक कर्मचारीलाई सेवाबाट हटाएको छ।
लगातार ९० दिनसम्म कार्यालय उपस्थित नभएको भन्दै गण्डकी प्रदेश संग्रहालयका कर्मचारी विशालबाबु डुम्रेलाई सेवाबाट हटाइएको हो।
स्याङ्जा घर भएका डुम्रे खरिदार थिए।
बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसुरमा उनलाई सेवाबाट हटाइएको विभागले आज सूचना निकालेर उल्लेख गरेको छ।
उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने माघ ९ मा विभागले निर्णय गरेको थियो।
हेर्नुस् सूचना: