कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।
गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा ३६ वर्षीय शेरबहादुर नामजाली मगरलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।
बिहीबार बिहान आफ्नी ३३ वर्षीय श्रीमती ललिता नाम्जाली मगरको हत्या गरी फरार रहेकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी बुधबार मात्रै भारतबाट फर्केका थिए।
श्रीमतीको हत्यासँगै १७ वर्षीय छोरी लक्ष्मी नाम्जाली मगरलाई पनि उनले कृटपिट गरेको आरोप छ।
कृटपिटबाट उनको टाउकोमा चोट लागेको छ।
यस्तै १२ वर्षीय छोरा विजय नाम्जाली मगर पनि घाइते छन्। उनलाई चोट लागेको छ। लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
श्रीमतीको हत्या र छोराछोरीलाई कुटपिट गरेर भागेका शेरबहादुरलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसधान सुरू गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए।