दुई किलो ७२० ग्राम सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति एक जना फिलिपिन्सकी नागरिकलाई पक्राउ गरेको हो।
फ्लाई दुबईबाट काठमाडौं आएकी ३० वर्षीया अर्बिकोन अरोन्स मानालाङलाई पक्राउ गरेको हो। प्रहरीले सुन अर्ध ठोस अवस्थामा बरामद गरेको हो।
भन्सार छलेर लैजान लागेको अवस्थामा विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले फेला पारी उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धानको लागि उनलाई प्रहरी वृत्त गौशालामा पठाएको छ।