साँखुमा बज्रयोगिनी जात्रा भइरहेको छ।
बिहिवारदेखि सुरु भएको यो जात्रा आठ दिनसम्म मनाइन्छ।
जात्रा सुरू हुनुभन्दा ८ दिन अगाडि चैते दसैंमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरबासीको तर्फबाट दाम र सुपारी स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई चढाएर निमन्त्रणा गरिएको थियो।
त्यही दिनदेखि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ।
चैते दसैंको दिन जात्रा सुरु भएको संकेतस्वरूप नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झयाली पिटेको थियो।
त्यस दिनदेखि साँखु नगरभित्रका बासिन्दाले छाला जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती घोडा चढ्ने गर्न नपाउने मान्यता छ।
साँखुका इतिहासविद्का अनुसार मल्लकालमा जात्रा अवालेकन गर्न हात्ती घोडा चढेर आउने राजारानीसमेत नगर प्रवेश गर्न पदैल हिँडेर आउने इतिहासमा उल्लेख छ।
जात्राका लागि बिहिवार शंखरापुर नगरको उत्तरतिर मणिचूड पर्वतस्थित बज्रयोगिनी मन्दिरबाट मूर्तिसँगै चिभा: द्य:, सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्तीमा ल्याइएको छ।
बज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजु बाइसधारामा मेला लाग्ने परम्परा छ।
गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनी तथा नीलो कालो अमोघसिद्धि आदिबुद्धलाई जात्रा गर्ने परम्परा छ।
जात्रामा ४ दिन पछि मंगलबार मुँ जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्। जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरु बोलाएर खुवाउने चलन छ। जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य:, सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ।
जात्रा प्रत्येक वर्ष चार टोलका स्थानीयबासीले पालैपालो सञ्चालन गर्ने परम्परा छ। यसपालि पुखुलाछी ईल्लला टोलको पालो हो।
तस्बिरहरूः
-ink-1775389060.jpeg)
-ink-1775389060.jpeg)
-ink-1775389060.jpeg)
-ink-1775389060.jpeg)
-ink-1775389060.jpeg)
-ink-1775389060.jpeg)
-ink-1775389060.jpeg)
-ink-1775389060.jpeg)
-ink-1775389059.jpeg)
-ink-1775389059.jpeg)
-ink-1775389059.jpeg)
-ink-1775389059.jpeg)
-ink-1775389059.jpeg)
-ink-1775389059.jpeg)
-ink-1775389058.jpeg)
-ink-1775389058.jpeg)
-ink-1775389058.jpeg)
-ink-1775389058.jpeg)
-ink-1775389058.jpeg)
-ink-1775389058.jpeg)