त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नगद सहित दुई जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो १ बजेको उडानबाट काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका दुई जनालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसपी राजकुमार सिलवालले जानकारी दिए।
मोहम्मद इन्ताज अलि र मोहम्मद जाकिर होसैन भन्ने बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबाट नेपाली, अमेरिकी र मलेसियन रिंगिट मुद्राको ३१ लाख ५१ हजार रुपैयाँ बराबरको रकम बरामद भएको हो।
उनीहरूलाई ब्यागेज चेकिङ एरियामा हेर्दा सुटकेशभित्र फल्स बटम बनाएर जान लागेको खुलेको हो।
अलि नेपालमा ३८ पटक र होसैन ११ पटक नेपाल आउजाउ गरिसकेका छन्।
उनीहरूमाथि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइएको छ।