पर्सामा साढे ५२ लाख नगदसहित चार जना पक्राउ परेका छन्।
वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट प्रहरीले दुई वटा मोटरसाइकलमा सवार चार जनालाई ५२ लाख ५० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
सोमबार राति विशेष सूचनाको आधारमा प्रहरी खटिएको थियो।
उक्त प्रहरीले प्रदेश २-०३-००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाइकलमा सवार चार जनाबाट स्रोत नखुलेको नगद बरामद गरेको हो।
पक्राउ पर्नेमा एक जना भारत विहार सितामढीका २६ वर्षीय सुरज कर्ण छन्।
पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ पक्राउ परेका हुन्।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।