इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा केहीबेरमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र पहिलो पटक प्लेअफको कुनै खेल जितेको दिल्ली क्यापिटल्स भिड्दैछन्।
विशाखपटनमको मैदानमा पौने ८ बजेबाट सुरू हुने खेलमा दिल्लीले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ।
नेपाली यूवा लेग स्पिनर सन्दीप लामिछाने भने दिल्लीको प्लेइङ ११ मा अटाएका छैनन्।
दिल्लीले विदेशी कोटामा आज कोलिन मुनरो, सरफ्यान रूथर्फोर्ड, किमो पाउल र ट्रेन्ट बोल्टलाई मैदानमा उतारेको छ।
यो सिजनमा दिल्लीका खेलमा छिटपुट प्लेइङ ११ मा परेका सन्दीपले अप्रिल २८ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेलेपछि भने मौका पाएका छैनन। सो खेलमा दिल्ली विजयी भए पनि सन्दीपले तीन ओभरमा ३६ रन खर्चेकाले उनी त्यसपछि प्लेइङ ११ मा अटाएका छैनन्।
आजको विजेता टोलीले आइतबार फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्सको सामना गर्नेछ।
यो पनि पढ्नुस् :