आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत दोस्रो सेमिफाइनलमा घरेलु टिम इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ।
बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डले उत्कृष्ट बलिङ गरेको हो। अस्ट्रेलियाले ७ ओभर नकसिदै ३ विकेट गुमाएको छ।
ओपनर डेभिड वार्नर ९ रनमा क्रिस ओएक्सको बलमा आउट भएका छन्। त्यसअघि कप्तान आरोन फिन्चलाई इंग्ल्यान्डका जोफ्रा आर्चरले शून्यमै एलबिडब्लूको धरापमा पारे।
पिटर ह्यान्डसकम पनि ४ रनमा पेभिलियन फर्केका छन्। उनलाई पनि ओएक्सले नै सिकार बनाए।
अस्ट्रेलियाले ६.१ ओभरमा १४ रन बनाउदा महत्वपूर्ण ३ विकट गुमाएको छ। अहिले स्टिभ स्मिथ र एलेक्स क्यारी ब्याटिङ गरिरहेका छन्।