ब्याटस्म्यान वसीम जाफरले भारतीय टिमका कप्तान विराट कोहलीले वान डे मा ७५ देखि ८० शतक बनाउन सक्ने बताएका छन्।
कोहलीले आइतबार वेस्ट इण्डिज विरूद्धको खेलमा आफ्नो करियरको ४२ औं शतक पूरा गरे। वान डे क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान सचिनको नाममा छ। उनले ४९ शतक प्रहार गरेका छन्।
'११ पारिको विरामपछि काम फेरी सुरू भयो। अन्तराष्ट्रिय क्रिकेटमा कोहलीको अर्को एउटा शतक। मलाई लाग्छ उनले वान डे मा ७५-८० शतक लगाउनेछन्', ट्विट गर्दै जाफरले भने।
आइतबार कोहलीले इण्डिज विरूद्धको खेलमा १२५ बलको सामना गर्दै १२० रनको पारी खेलेका थिए। सो शतकसँगे कोहली भारतका लागि वान डेमा सर्वाधिक रन बनाउने दोश्रो खेलाडी समेत बने।
कोहलीले २९७ पारीबाट सौरभ गांगुलीले बनाएको ११ हजार २ सय २१ रनको आँकडालाई उछिन्दै सो स्थान ओगटेका हुन्। यसका लागि कोहलीलाई केबर २२९ पारी लाग्यो।