दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेनले इण्डियन प्रिमियर लिग (आइपिएल) भन्दा पाकिस्तान सुपर लिग (पिएसएल) र लंका प्रिमियर लिग (एलपिएल) राम्रो भएको प्रतिक्रिया दिएका छन्।
हाल क्वेटा ग्लाडिएटर्सबाट पिएसएल खेलिरहेका स्टेनले आइपिएलले पैसालाई बढि महत्व दिएको बताए।
पैसालाई महत्व दिँदा क्रिकेट बिर्सिएको उनको भनाइ छ।
सिजनको आइपिएलको अक्सन हुनुअघि उनले आइपिएल नखेल्ने बताएका थिए।
'यदि तपाईँ आइपिएलमा जानु हुन्छ भने त्यहाँ ठूलो टिम हुन्छ। ठूला खेलाडी हुन्छन्। बढी पैसामा केन्द्रित हुन्छन्। त्यसैले त्यहाँ क्रिकेट बिर्सिइन्छ। यदि तपाईँ पिएसएल र एलपिएलमा आउनुहुन्छ भने त्यहाँ क्रिकेटको महत्व देखिन्छ,' उनले क्रिकेट पाकिस्तानसँग कुरा गर्दै भनेका छन्।
उनले आइपिएलमा क्रिकेटको भन्दा पैसाको कुरा बढि हुने तर अन्य लिगमा क्रिकेटको बढि कुरा हुने पनि बताए।
उनले आइपिएल टिम डेकन चार्जर, सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेलेका थिए।