फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ।
नेपालले मंगलबार भएको खेलमा चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो।
नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरे। अन्जनले खेलको चौथो मिनेट र ६२ मिनेटमा गोल गरे।
उनले चौथो मिनेटमा फ्रिकिकमा आएको पासमा हेडमार्फत गोल गरेका थिए। दोस्रो गोल डिबक्सभित्रको देब्रेतिरबाट गरेका थिए।
आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध ७–० को हार बेहोरेको नेपालले जित हात पारेसँगै ठूलो राहत मिलेको छ। जससँगै नेपालले समूह बीमा ३ अंक जोडेको छ।
नेपालले पहिलो चरणको बाँकी २ खेल एक महिनापछि खेल्नेछ। नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।
गत मार्चमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि योहान कालिनको नेतृत्वमा नेपालले पहिलो खेलमा जित हात पारेको हो।
कालिनको नेतृत्वमा नेपालले सातौ खेलमा जित हात पारेको हो।
त्यसअघि ६ खेलमा जितबिहीन थियो।
कालिनको प्रशिक्षणमा नेपालले १ जित, २ बराबरी खेल्दा ४ खेलमा पराजित भएको छ। जसमध्ये नेपालले १२ गोल खाएको छ ३ गोल मात्र गर्न सकेको छ।
एक वर्षमा पहिलो जित हात पारेको हो। यसअघि नेपाल लगातार ९ खेलमा जितबिहीन थियो। नेपालले गत वर्ष साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएपछि पहिलो जित हात पारेको हो।
एक वर्षमा १ खेलमा जित, ७ खेलमा हार र २ खेलमा बराबरी खेलेको छ। यी १० खेलमा नेपालले १६ गोल खायो भने छ भने ३ गोल मात्र गर्न सकेको छ।