कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार विहान साविक विजेता ब्राजिलले आफ्नो दोस्रो खेल खेल्दैछ।
समूह 'बी' अन्तर्गतको खेलमा ब्राजिलले शुक्रबार विहान ५:४५ बजे पेरूसँग प्रतिस्पर्धा गर्न लागेको हो।
यसअघि पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोलले पराजित गरेको थियो। पेरूले भने पहिलो खेल खेल्न लागेको हो।
पहिलो खेलमा ब्राजिलको जितमा नेइमार नायक बनेका थिए। उनले पहिलो गोल गर्दा अर्को गोलका लागि पास दिएका थिए।
कोपा अमेरिकामा ब्राजिल र पेरूबीच अहिलेसम्म १९ पटक प्रतिस्पर्धा भएको छ। जसमा ब्राजिल १३ खेलमा विजयी भएको छ। तीन खेलमा पेरूले जित हात पारेको छ। तीन खेल बराबरीमा सकिएका छन्।
पेरूले पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा एक खेलमा मात्र गोल खाएको छैन।
ब्राजिल र पेरुबीचको खेलअघि समूह 'ए' कै खेलमा कोलम्बिया र भेनेजुएलाबीच खेल हुनेछ।
खेल राति २:४५ हुनेछ। पहिलो खेलमा कोलम्बियाले इक्वेइडरलाई १-० गोलले हराएको थियो।