आगामी चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा हुने १४ओ दक्षिढण एसियाली खेलकुद (साग) मा २८ खेल समावेश हुने भएको छ।
जसमा २५ खेलमा पुरुष र महिलाको खेल हुनेछ । १४ औं सागमा एथलेटिक्स, अक्वाटिक्स (पौडी), आर्चरी, व्याड्मिन्टन, बास्केटबल (३०३ र ५०५), बिलियार्ड्स र स्नुकल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल/बिच ह्यान्डबल, हकी, जुडो, कबड्डी, कराँते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल/बिच भलिबल, भारोत्तोलन, कुश्ती र उसु रहेका छन्।
विलियार्ड्स, हक्की, रग्बी र बिच भलिबलमा महिला सहभागिता रहने छैन। १४ औं सागमा २८ खेलमा कूल ३४६ पदक इभेन्ट रहेका छन् । जसमा ३४६ स्वर्ण, ३४६ रजत र ५१५ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
१४ औं सागमा प्रारम्भिक सूचीअनुसार ३,१७२ खेलाडी र १,०१९ अफिसियलसहित कूल ४,१९१ को सहभागिता रहनेछ।
जसमध्ये नेपालबाट ५३२ खेलाडी र १५३ आफिसियल, आयोजक पाकिस्तानबाट ६७० खेलाडी र २०२ अफिसियल, श्रीलङ्काबाट ६७० खेलाडी र २५१ अफिसियल, बङगलादेशबाट ४८२ खेलाडी र १२२ अफिसियल, भारतबाट ४७२ खेलाडी र २०२ अफिसियल, माल्दिभ्सबाट २६१ खेलाडी तथा ६८ अफिसियल तथा भुटानबाट ८५ खेलाडी र २१ अफिसियल सहभागी हुने अनुमान गरिएको छ।
१४ औं साग पाकिस्तानले तीन शहरमा आयोजना गर्नेछ । इस्लामाबादमा १५, लाहोरमा १० र पेशावरमा ३ खेल हुने नेपाल ओलम्पिक किमिटीले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएको हो।
सागको विषयमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठज्यूको संयोजकत्वमा कोअर्डिनेसक कमिटी गठन गरिएको छ।
उक्त कमिटीमा श्रीलंका, बंगालादेश, भुटानका महासचिवहरु र ओलम्पिक काउन्सिल अफ एशियाको प्रतिनिधीहरु सदस्यको रुपमा रहने छ । सागको इतिहासमा पहिलो पटक यस्तो कमिटीको गठन गरिएको हो। यस कमिटीले आयोजक राष्ट्रको ओलम्पिक कमिटी र सरकार सँग समन्वय गरि साग समयमा नै आयोजना गर्नलाई सहयोग गर्नेछ ।
बैठकको प्रतिनिधि मण्डलसँग पाकिस्तानको प्रधानमन्त्री कार्यालयका प्रधानमन्त्रीको युवा कार्यक्रमका अध्यक्ष सँग भेटघाट र १४ औं साग खेल निर्धारित समयमा सम्पन्न गर्ने बारेमा छलफल भएको छ र निर्धारित समयमा आयोजना हुने बारेमा शंका नगर्न अनुरोध गरिएको छ।
इस्लामावादमा आयोजना हुने खेल स्थलको निरीक्षण गर्ने काम भएको छ। उद्घाटन समारोह इस्लामावादको जिन्ना स्टेडियममा हुने छ जसको क्षमता करीब ५० हजार दर्शक रहन सक्ने छ । पाकिस्तानको ३ वटा शहरमा निम्न खेलहरु आयोजना हुने छ ।
इस्लामावादः एथलेटिक्स, व्याडमिण्टन, बास्केटबल, स्नुकर, फुटबल, कबड्डी, कराते, रोइड, स्क्वास, टेबल टेनिस, टेनिस, ट्रायथलन, भारोत्तोलन, उसु र शुटिङ्ग
लाहोर : बक्सिङ्ग, क्रिकेट, फेन्सिङ, गल्फ, ह्याण्डबल, हक्की, रग्बी, पौडी, तेक्वाण्डो, कुस्ती
पेशावर : आर्चरी, जुडो, भलिबल