राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसहित १९ जना पदमुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता मनिता श्रेष्ठका अनुसार खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आर्चायसहित १९ जना बोर्ड सदस्य पदमुक्त भएका हुन्।
यद्यपी आचार्यले यसअघि नै राजीनामा दिएका थिए।
-1777980380.jpg)
हाल सदस्यसचिव रहेका रामचरित्र मेहता भने सरकारी कर्मचारी भएको र अर्को सदस्य नियुक्त नभएसम्मका लागि सरकारले नियुक्त गरेकाले उनी पदमुक्त हुनेछैनन्।
परिषदमा टंकलाल घिसिङको कार्यकाल सकिएपछि सरकारले महेताले अर्को व्यवस्था नभएसम्मका लागि सदस्यसचिव नियुक्त गरेको थियो।
पदमुक्त हुनेमा गत पुसमा नियुक्त भएका पाँच जना समेत छन्।
तत्कालिन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका थिए।
गुप्ताले रिक्त भएको सदस्यमा क्रिकेट प्रशिक्षक जगत टमाटा, रग्बी संघका संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ र उद्योग बाणिज्य महासंघको सिफारिसमा प्रयास कार्की रहेका थिए।
सरकारले अब यी रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।