जापानमा असोज ३ देखि १८ गते सम्म आयोजना हुने २०औं एसियाली खेलकुदमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित ९ अफिसियल सहभागी हुने भएका छन्।
राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको सूची अनुसार मन्त्री पोखरेलसहित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र महेता जापान जानेछन्। मेहता सेफ द मिसनको रूपमा सहभागी हुनेछन्।
यस्तै खेलकुद मन्त्रालयका दिबाकर भूजेल अतिथीको रुपमा सहभागी हुन जापान जानेछन्।
गल्फ संघका अध्यक्ष समेत रहेका टासी घले डेपुटी सेफ द मिसन रहेका छन्।
खेलकुद परिषदका अनुसार खेलकुद मन्त्रालयका सचिव चूडामनी पौडेल, परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, परिषदका सदस्य पवन शाही, अर्का सदस्य शक्ति गौचन र अर्थ मन्त्रालयका प्रतिनिधि सुवोध खतिवडा पनि जापान जाने सूचीमा छन्। सबै जना ओलम्पिक कमिटीको अतिथीको रुपमा जापान जान लागेका हुन्।
यस्तै परिषदका ९ जना र ओलम्पिक कमिटीका १ जना कर्मचारी गरी कुल १० जना कर्मचारी पनि जापान जाने सूचीमा छन्।
कर्मचारीमा सरोजकुमार पोखरेल, सानुराजा केसी, दीपक बिष्ट, दीपक श्रेष्ठ, विष्णुबहादुर सिंह, ऋखिराम पोख्रेल, मधुसुदन बस्नेत, भोजान्द राई, सुजनलाल श्रेष्ठ र देवराज कटुवाल छन्।
परिषदको कोटामा ५ जनाको मेडिकल टिम हुनेछ भने ४ जना पत्रकार पनि सहभागी हुनेछन्।
यी बाहेक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव राजीव श्रेष्ठ पनि जापान जानेछन्। ओलम्पिक कमिटीले आफ्नो कोटोमा कति जना सहभाही हुने अहिलेसम्म खुलाएको छैन।
परिषदका अनुसार २१ एसियाली खेकुदमा नेपालबाट कुल २११ जना सहभागी हुँदैछन्।
जसमा विभिन्न २१ खेलका ५७ जना महिला र ७८ जना पुरुष गरी १३५ जना खेलाडी रहेका छन्। २९ जना प्रशिक्षक र १७ ब्यवस्थापक तथा खेल प्राविधिक २ जना पनि सहभागी हुनेछन्। योबाहेकको २८ जना भने अफिसियलको हो।