राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ।\
तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने संगीना पहिलो महिला हुन् ।
संगीना आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) की स्वर्ण विजेता हुन्।
तेक्वान्दोकी सफल खेलाडी मध्येकी एक संगीनाले १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।
संगीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । संगीनाले ग्रिसको एथेन्समा सन् २००४ मा भएको ओलम्पिक छनोट चरण पार गरेर खेलेकी थिइन् ।