सरकारले २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ (असोज ३ देखि १८ गते) सम्म जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपाली टोलीलाई विदाइ गरेको छ।
सरकारले सहभागिताको तयारी पूरा भएको भन्दै खेलाडीहरुको विदाई तथा शुभकामना कार्यक्रम आयोजना ग रेको हो।
नेपाल सन १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुद देखि नै सहभागी हुँदै आएको छ। पहिलो एसियाली खेलकुदमा एथलेटिक्समा मात्र सहभागिता जनाउदै ९ सदस्य टोलीले भाग लिएको थियो। २०औं संस्करण सम्म आईपुग्दा हामी २१ वटा खेलमा खेलाडी सहभागी गराउदै २११ जना सहभागी हुँदैछन्।
जसमा विभिन्न २१ खेलका ५७ जना महिला र ७८ जना पुरुष गरी १३५ जना खेलाडी, २९ जना प्रशिक्षक र १७ ब्यवस्थापक तथा खेल प्राविधिक २ जना गरी जम्मा १८४ जना सहभागी हुने छन्।
यस्तै मेडिकल टिम ६ जना, पत्रकार ४ जना तथा विशिष्ट अतिथि, सेभ दि मिसन, डेपुटी सेभ दि मिसन र अन्य अफिसियल समेत गरी नेपालबाट यस पटकको एसियाली खेलकुदमा जम्मा २११ जना सहभागी हुनेछन्।
भारतमा सन् १९५१ को भएको प्रथम एसियाली खेलकुद देखि नेपाल सहभागी हुदै आए पनि सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको दसौं संस्करणमा पहिलो पटक पदक ल्याउन सफल भएको थियो । त्यसपछि नेपाल एशियाली खेलकुदमा रित्तो हाल फर्कनु परेको छैन ।
प्रतियोगिता नजिकै आएकोले खेलाडीहरु जापान जाने क्रम सुरु भएको छ । खेल तालिका अनुसार विभिन्न मितिमा हाम्रा खेलाडीहरु जापान पुग्नेछन्।