नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीए अवार्डबाट २६ जना खेलाडी सम्मानित भएका छन्। भक्तपुरको मध्यपुर थिमीमा भएको विशेष कार्यक्रममा २०७६ सालमा गरेको प्रदर्शनका आधारमा सम्मानित भएका हुन्।
सम्बन्धित खेल संघहरुको सिफारिसमा उनीहरु सम्मानित भएका हुन्। सम्मानित हुनेहरुमा १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेताहरु रहेका छन्।
१६ औं संस्करणकाे याे अवार्ड गाेदावरी नगरपालिकाले आयाेजना गर्ने त्यहाँका नगर पालिकाका मेयर गजेन्द्र महर्जनले घाेषणा गरे।
यसैगरी, गल्फका सुवास तामाङ र महिला तर्फ कुस्तीकी संगिता धामीलाई उदयमान खेलाडीकाे अवार्ड प्रदान गरिएकाे छ उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन्।
प्रतिभावान खेलाडीकाे अवार्ड भने तेक्वान्दाेकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठले हात पारे।
ग्लाेबल आईएमई बेस्ट प्लेयर अवार्ड पाैडीकी गाैरिका सिंह र मन्देकाजी श्रेष्ठले जिते। उनीहरुले नगद एक एक लाख प्राप्त गरे। गत वर्ष नेपालमा भएको दक्षिण एसियली खेलकुदमा गौरिकाले चार स्वर्ण र मन्देले दुई स्वर्ण जितेका थिए।
एनएनआईपीए स्पोर्टस अवार्डमा सम्मानित हुने खेलाडी
सनातन मल्ल (आर्चरी)
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
रत्नजीत तामाङ (ब्याडमिन्टन)
अनुसा मल्ल (बास्केटबल)
मिनु गुरुङ (बक्सिङ)
अन्जली चन्द (क्रिकेट)
बुद्धिबहादुर तामाङ (साईक्लिङ)
रविना थापा (फेन्सिङ)
सुजल श्रेष्ठ (फुटबल)
सुवास तामाङ (गल्फ)
कल्पना वली (ह्याण्डबल)
देविका खड्का (जुडो)
मेनुका कुमारी राजवंशी (कबड्डी)
मन्देकाजी श्रेष्ठ (कराते)
श्याम बुढाथोकी (खोखो)
प्रदीप खड्का (लनटेनिस)
कल्पना परियार (सुटिङ)
गौरिका सिंह (स्वीमिङ)
पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस)
विपन ब्लोन (स्क्वास)
आइशा शाक्य (तेक्वान्दो)
सोनी गुरुङ (ट्राइथलन)
कुलबहादुर थापा (भलिबल)
विकास थापा (वेट लिफ्टिङ)
संगीता धामी (कुस्ती)
जुनी राई ( उसु)
केशब थापा (पारा टेबल टेनिस)
रोशन राउत (उत्कृष्ट पत्रकारिता पुरस्कार)
अकबर साह कराते प्रशिक्षक (गजराज जोशी आदर्श अवार्ड)
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७, ११:०७:४२