काठमाडौं उपत्यकामा २१३ थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।
त्यस्तै, काठमाडौं उपत्यकामा २४५९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०२, भक्तपुरमा ५७२ र ललितपुरमा ५८५ सक्रिय संक्रमित छन्।
नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।
८१७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।