नागरिक लगानी कोषले गएको वर्षमा ८ करोड रुपैयाँले नाफा बढाएको छ। अघिल्लो वर्ष ४६ करोड खुद नाफा आर्जन गरेको कोषले गएको वर्ष ५४ करोड कमाएको छ।
कोषले सार्वजनिक गरेको विवरणअनुसार कूल आम्दानी १ अर्ब भएको छ। जसमा ब्याजबाट ८ करोड,सेवा शुल्क तथा कमिशनबाट ८८करोड र लाभांसबाट ३ करोड आम्दानी भएको छ।
कोषको कूल शेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १ अर्ब १० करोड थियो। कोषको मौजदात १ खर्ब ४८ अर्ब पुगेको छ। विभिन्न योजनामा जम्मा भएको यस्तो कोष अघिल्लो वर्ष १ खर्ब ३२ अर्ब थियो।
कोषमा सबैभन्दा धेरै उपदान कोष योजनामा २२ अर्ब रहेको छ।
कोषले विभिन्न ठाउँमा गरी १ खर्ब ४६ अर्ब लगानी गरेको छ। यसमा नेपाल सरकारको ऋणपत्रमा ६० करोड छ भने मुद्दती निक्षेपमा ८९ अर्ब रुपैयाँ रहेको छ।
कोषको कूल लगानीको प्रतिफल अनुपात ८.८४ प्रतिशतमा सिमित भएको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.६९ प्रतिशत थियो। कोषको लगानी अनुपात भने बढेको छ। कोषको ९८.४३ प्रतिशत लगानी भएको छ। अघिल्लो वर्ष यस्तो लगानी प्रतिशत ९५.८९ प्रतिशत थियो।