तेह्रथुम पावर कम्पनी लिमिटेडले आज (सोमबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।
यस अनुसार कम्पनीले ४० करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
उक्त हकप्रद सेयर निष्कासन प्रयोजनको लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ।
जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त हकप्रदमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजार शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।