नेपालमा विदेशी चेन होटल थपिएको छ। काठमाडौंको ठमेलमा रमडा इन्कोर होटल सञ्चालनमा आएसँगै थप नयाँ चेन विस्तार भएको हो।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले लागू गरेको लकडाउनकै बीचमा निर्माण सम्पन्न भएको होटल गएको सातादेखि औपचारिक रुपमा सञ्चालन भएको हो।
विन्दम होटल एण्ड रिसोर्ट विश्वव्यापी चेन भएको अमेरिकी कम्पनी हो। यसले विश्वका विभिन्न ९० देशमा ९ हजार ३ सय होटल सञ्चालन गरिरहेको छ।
यो कम्पनीले नेपालमा भने पहिलोपटक सेवा सञ्चालन गरेको घोषणा गरेको छ। नेपालसँगै भुटानमा पनि प्रवेश गरेको कम्पनीले विभिन्न वर्गका छुट्टै ब्रान्डमा होटल सञ्चालन गर्छ।
नेपालमा भने रमडा ब्रान्ड प्रवेश गरेको हो। विन्डमको यो मध्यमवर्गीय ब्रान्ड हो।
काठमाडौंको ठमेलमा रहेको यो होटल फ्रेन्चाइजी हो। यसमा ९० कोठा छन्। जसम डिलक्स,सुपर डिलक्स, स्टुडियो,इन्टर कनेक्टिङ र फरक क्षमताका व्यक्तीमैत्री कोठा रहेका छन्।
२ रेष्टुरेन्ट भएको होटलमा हल,स्पा जस्ता सुविधाहरु रहेका छन्।