भारतले जारी गरेको नयाँ नक्सामा नेपालका भूमि लिपुलेक र कालापानी परेको विरोधमा नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
नेविसंघले बिहीबार त्रिचन्द्र क्याम्पसअगाडि सडकमा प्रदर्शन गर्दै भारतीय पक्षले सीमा अतिक्रमण गरेको र नक्सामा पनि नेपालका भूमि समावेश गरेकोमा विरोध गरेको हो।
नेविसंघ नेता दीपक भट्टराईले भारतीय हस्तक्षेपविरूद्ध प्रदर्शन गरेको बताए।
उनले नेपालीहरू एक हुनुपर्ने भन्दै सरकारले पनि भारतीय पक्षसँग कूटनीतिक पहल गर्नुपर्ने बताए।
भारतीय पक्षले जारी गरेको नक्सालाई लिएर सत्तारूढ नेकपा, प्रतिपक्षी कांग्रेसलगायत दलहरूले विरोध गर्दै आएका छन्।