प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्ध राष्ट्रका लागि नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन्।
अधिकार बिहिन नागरिकहरु समृद्धिको आधार बन्न नसक्ने भन्दै पोखरेलले भने ‘अधिकारबिहीन, कमजोर र निर्धो नागरिक समृद्ध राज्यको आधार बन्न सक्दैनन्, त्यसैले नागरिकलाई अधिकार सम्पन्न र बलियो बनाउनु पर्छ।’
लुम्विनीमा आयोजना गरिएको न्युज फेस्टीवल २०७६ को उद्घाटन गर्दै उनले नेपाली सञ्चार माध्यमलाई समृद्धिको सम्वाहक बन्न आग्रह गरे।
सबैको एजेण्डा विकास र समृद्धि रहेको उनको भनाइ छ। नेपाली समाजमा सन्देह, निराशा र आलोचना सहज ढंगले बिकिरहेको बताउँदै समाजलाई अगाडि बढाउन सकारात्मक चेतना आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले नेपाली सञ्चारले संघीयताको अनुभूति गराएको बताए। ‘नेपाली सञ्चार माध्यमको अबको मिसन मिसन मुलुकको आर्थिक समृद्धि र बिकास नै हो’ उनले भने।
लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाईको अध्यक्षतामा सम्पन्न कार्यक्रम तिन दिन सम्म चल्ने छ। कार्यक्रममा देशभरका ३ सय बढी पत्रकारहरुको सहभागिता छ।