बैतडीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्द रहेका छन्।
सोही गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि गत पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको आधारमा उनलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार किशोरीको घरमै गएर ती युवकसहित अन्यले सामूहिक रूपमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको डिएसपी अधिकारीले बताए।