नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
कात्तिक १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार यो सचिवालय बैठकले ११ औं महाधिवेशनको कार्यतालिका तय गर्नेछ।
‘सचिवालय बैठकले आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतको कार्यतालिका तयार पार्नेछ, अरू समसामयिक विषयमा छलफल हुने नै भयो,’ उनले भने।
एमालेले पोखरामा मंसिर २७, २८, २९ गते ११ औं महाधिवेशन गर्दैछ। यसअघि बसेको केन्द्रीय कमिटीको १० औं बैठकले महाधिवेशनको टुंगो लगाएको हो।
एमालेको ११ औं महाधिवेशनमा करिब २१ सय प्रतिनिधि रहनेछन्। अहिले एमालेका ६ लाख ६३ हजार पार्टी सदस्य पुगेका छन्। दसौं महाधिवेशनमा साढे पाँच लाख हाराहारी पार्टी सदस्य थिए।