अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा घरेलु टिम इंग्ल्यान्डले २४ रनको जित हात पारेको छ। जितसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ।
इंग्ल्यान्डले दिएको २३२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलिया ४८.४ ओभरमा २०७ रनमै अलआउट भयो। उसका लागि कप्तान आरोन फिन्चले ७३ रन जोडे।
ओपनर डेभिड वार्नर ६ रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ गरेका मार्कोस स्टोइनिस ९ रनमै पेभिलियन फर्के।
त्यसपछि लागुसचेन्जले ४८ रन जोडे। एलेम्स क्यारीले ३६ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स, जोफ्रा आर्चर र साम कुरानले ३-३ विकेट लिए। अदिल रसिद रसिदको नाममा १ विकेट रह्यो।
त्यसअघि इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २३१ रन जोड्यो।
इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गानले सबैभन्दा बढी ४२ रन जोडे। अदिल रसिदले २६ बलमा नटआउट ३५ रनको योगदान दिए।
बलिङमा एडम जाम्पाले ३ विकेट लिदा मिचेल स्टार्कसले २ विकेट हात पारे।