नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि काठमाडौं गोर्खाजले ६ खेलाडी रिटेन गरेको छ।
काठमाडौंले मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतिक श्रेष्ठलाई रिटेन गरेको हो।
रिलिज खेलाडीमा शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, राजु रिजाल र कृष कार्की (आइकोनिक) छन्।