साफ यु–१८ च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४–० ले नै हराएर बंगलादेशसँगको उपाधि भिडन्त पक्का गर्यो।
अब उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुने
दुई पटकको विजेता नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो। माल्दिभ्सँग १–१ को बराबरी खेलेको नेपाललाई भुटानले ३–० ले हराएको थियो।