स्पेनको ला लिगा खेल्ने पाँच खेलाडीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। कोरोना देखिएका खेलाडीलाई आइसोलेसनमा राखिएको छ।
कोरोना संक्रमित खेलाडीको निरन्तर परीक्षण गरिनेछ भने दुई पटक नेगेटिभ नतिजा आएपछि मात्र प्रशिक्षणमा फर्कन पाउनेछन्।
ला लिगाका खेलाडीहरुले गत सातादेखि व्यक्तिगत रुपमा प्रशिक्षण सुरु गरेका थिए।
कोरोनाका कारण स्थगित भएको ला लिगाका खेलहरु जुनको अन्तिम सातादेखि फेरि सुरु गर्ने तयारी गरिएको छ।
यता प्रिमियर लिग टिम ब्रिङ्टनका तीन खेलाडीलाई पनि कोरोना भएको पुष्टि भएको छ। प्रिमियर लिग पनि फेरि सुचारु गर्न तयारी गरिएको छ।
आगामी सातादेखि सुरु गर्न लागिएको बुन्डेसलिगा दोस्रो डिभिजनको लिग खेल्ने डाइनामो ड्रेसनका दुई खेलाडीलाई कोरोना देखिएपछि पुरै टिम आइसोलेसनमा बसेको थियो।
पोर्चुगलको पहिलो डिभिजन खेल्ने क्लब भिटोरिया ग्युमारेसका पनि तीन खेलाडीलाई कोरोना भएको छ।
कोरोनाका कारण स्थगित भएका युरोपियन लिगहरु सुचारु गर्ने तयारी गरिरहदा खेलाडीहरुको परीक्षण भइसकेको छ।