स्पेनका विंगर निको विलियम्सले एथ्लेटिक बिल्बाओसँग १० वर्षे नयाँ सम्झौता हस्ताक्षर गरेका छन्।
२२ वर्षीय विलियम्स यसअघि अर्को स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलो थियो। जर्मन क्लब बायर्न म्युनिख पनि उनलाई भित्र्याउन इच्छुक थियो।
उनको बिल्बाओसँगको सम्झौता सन् २०२७ मा सकिँदै थियो। तर पनि उनले नयाँ सम्झौता २०३५ सम्मका लागि लम्ब्याएका छन्।
विलियम्सको रिलिज क्लज (करार तोड्दा तिर्नुपर्ने रकम), जुन पहिले ६ करोड २० लाख युरो रहेको विश्वास गरिएको थियो। अब फेरि यो क्लज ५० प्रतिशतले ले वृद्धि गरिएको छ।
विलियम्स बिल्बाओको एकेडेमीबाट हुर्किएका हुन् खेलाडी हुन्। जहाँ उनका दाइ इनाकी पनि खेल्छन्। उनले अप्रिल २०२१ मा १८ वर्षको उमेरमा क्लबका लागि डेब्यू गरेका थिए।
उनले क्लबका लागि १६७ खेलमा ३१ गोल गरेका छन्। गत सिजन क्लब ला लिगामा चौथो स्थान हासिल गर्दा उनको ठूलो प्रभाव थियो।
स्पेनले युरो २०२४ जित्दा पनि उनले प्रभावशाली खेल देखाएका थिए। उनले फाइनलमा इंग्ल्याण्डविरुद्ध २-१ को जितमा गोल गरेका थिए।