पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको फ्रेन्च लिग कपको उपाधि जितेको छ।
पिएसजीले शुक्रबार लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गरेर उपाधि जितेको हो।
उसले पछिल्लो ६ वर्षमा चौथोपटक तीनवटै घरेलु प्रतियोगिताको उपाधि जितेको हो।
शुक्रबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि गरिएको पेनाल्टी सुटआउटमा १० पेनाल्टी सफल भए।
११औं पेनाल्टीमा लियोनका ट्राओरको प्रहारलाई पिएसजीका गोलकिपर नाभासले बिफल पारे। त्यसपछि पिएसजीका साराबियाले विजयी गोल गरे।
लियोनले अब शुक्रबार च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा युभेन्ट्ससँग उसैको मैदानमा खेल्नेछ। पहिलो लेगमा लियोन १-० ले विजयी भएको थियोे।
पिएसजीले भने अन्तिम ८ मा एटलान्टासँग १२ अगस्टमा खेल्नेछ।
पिएसजीले फ्रान्सका पछिल्ला ३६ मध्ये २५ वटा घरेलु उपाधि जितिसकेको छ।