इंग्लिस प्रिमियर लिगमा टोटनह्याममाथि एभर्टनले जित हात पारेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनले खेलको ५५ मिनेटमा अग्रता लियो।
एभर्टनका लागि कलभर्ट लेविनले गोल गरेका थिए। उनलाई गोल गर्न डिग्नेले पास उपलब्ध गराए।
यता लिगको अर्को खेलमा लेस्टर सिटीले विजयी सुरुवात गर्यो। लेस्टरले वेस्ट ब्रुमलाई ३-० गोलले पराजित गर्यो।
लेस्टरका लागि जिमी भर्डीलाई दुई गोल गरे। दुवै गोल पेनाल्टीमार्फत भएको थियो। उनले ७४ र ८४ मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन्।
त्यसअघि काटाङ्नेले ५६ मिनेटमा पहिलो गोल गरेका थिए।
लिगमा सोमबार सेफिल्ड युनाइटेड र वुल्भ्स तथा चेल्सी र ब्राइटनबीच खेल हुनेछ।