युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेल मंगलबार रातिबाट सुरु हुँदैछ।
समूह चरणमा १४ देशका ३२ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
एक समूहमा चार टिम राख्दै आठ समूहमा विभाजन गरिएको छ। समूहका टिमले एकअर्कासँग होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
समूहका शीर्ष दुई टिम नकआउट चरणमा पुग्नेछन्। तेस्रो हुने आठ टिम युरोपा लिगको अन्तिम ३२ मा पुग्नेछन्।
यो सिजन कोरोना भाइरसका कारण रंगशालामा दर्शकको उपस्थिति न्यून हुनेछ। युइएफएले स्थानीय प्रशासनसँग समन्वय गर्दै रंगशालाको क्षमताको ३० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिन सकिने बताएको छ।
मंगलबार हुने पहिलो दिनको खेलमा युभेन्ट्सले डाइनामो किभसँग, बार्सिलोनाले हंगेरियन क्लब फेरेनस्भारोसी टिसीसँग, चेल्सीले सेभियासँग, बोरुसिया डर्टमुन्डले लाजियोसँग, पिएसजीले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछन्।
समूह विभाजन
समूह ए - वायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, साल्जवर्ग, लोकोमोटिभ मस्को
समूह बी - रियल म्याड्रिड, शख्तर डोनेट्स्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख
समूह सी - एसी पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस, मार्सेली
समूह डी - लिभरपुल, अयाक्स, एटलान्टा, मिटिजल्यान्ड
समूह ई - सेभिया, चेल्सी, क्रास्नोडर, रेनेस
समूह एफ- जेनिथ सेन्ट पिटर्सवर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब बर्ग
समूह जी - युभेन्ट्स, बार्सिलोना, डाइनामो किभ, फेरेनस्भारोसी
समूह एच - पिएसजी, म्यानचेस्टर युनाइटेड, लाइपजिग, स्तानबुल