चीनको वुहानमा पहिलो पटक देखा परेको मानव जातिकै अदृश्य दुश्मन कोरोना भाइरस (कोभिड–१९)का कारण हालसम्म करिब एक लाख मानिस शिकार भइसकेका छन्। यसैगरी, लाखौँ मानिस प्रत्यक्ष रुपमा प्रभावित भएको र अर्बौँ मानिस घरभित्र सिमित हुन बाध्य भएका छन्।
स्कुल, कलेज, कलकारखाना, होटल, आदि सबै क्षेत्र बन्द भएको कारण कतिले शिक्षा आर्जन गर्न सकेका छैनन् भने करौडौँ बिहान/बेलुका हातमुख जोड्न सहयोग गर्ने कामबाट बञ्चित हुनु परेको छ।
के बच्चा, के वयश्क, के विद्यार्थी, के कामदार, के रोजगारदाता, के शासक, के शासित, के विशेषज्ञ, के राजनीतिज्ञ, के धनी, के गरिब, के हिन्दु, के मुस्लिम आदि लगायत सम्पुर्ण मानव जाति नै आफ्नो जीवन तथा भविष्य प्रति चिन्तित रहेको छ।
अरुबेला परिवारको कुनै एक सदस्य अप्ठ्यारोमा पर्दा बाकीँ सदस्य विभिन्न व्यक्तिहरुको उदाहरण दिँदै ढाडस् दिने गर्दथ्यो। तर अहिले सबै जनाको अवस्था उस्तै भएका कारण कसैले पनि अरु कसैलाई केही भन्न सकिरहेको छैन।
यस्तो अवस्थामा यस आलेखमार्फत केही सकारात्मक एवं आशावादी हुन प्रेरित गर्न बाध्य पार्ने केही तथ्य तथा घटनाहरुको बारेमा संक्षेपमा उल्लेख गर्ने प्रयास गरिएको छ।
लगभग साढे चार अर्ब वर्ष पहिले निमार्ण भएको मानिएको यस पृथ्वीको आयु अझै डेढदेखि साढे चार अर्ब वर्ष बाँकी रहने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन्। ब्रह्माण्डको निर्माण भएको अर्बौ वर्षपछि मात्र पृथ्वीको निर्माण भएको मानिन्छ। अर्थात, ब्रह्माण्डको तुलनामा पृथ्वीको आयु एक तिहाई मात्र भएको छ।
सुर्यबाट तेस्रो क्र मसंख्यामा रहेको सबैभन्दा बढी घन्तव भएको यस ग्रहमा सबैभन्दा पहिले साढे तीन अर्ब वर्ष पहिलेदेखि नै कुनै न कुनै रुपमा जीवनको अस्तित्व रहेको ठोस् प्रमाण वैज्ञानिकहरुले भेटेका छन्।
हाल पृथ्वीमा एक करोडदेखि एक करोड चालिस लाखसम्म विभिन्न प्रकारको जीवजन्तुहरुको बसोबास रहेको मानिन्छ, जसमध्ये करिब १२ लाखको बारेमा मात्र विस्तृत जानकारी प्राप्त हुन सकेको छ। यसमध्ये एक जाति मानव जाति पनि हो, जसको आगोमा पोलेर खाना खाने पूर्खाको उत्पति समेत पाँच लाख वर्ष पहिले भएको थियो।
हालसम्म प्राप्त भएको जानकारीअनुसार सबैभन्दा पुरानो मानव कंकाल करिब दुई लाख वर्ष पुरानो हो। मानव जातिले कृषिलाई आफ्नो पेशा अंगालेको पनि दस हजार वर्ष भईसकेको छ। तर, हालको आधुनिक प्रविधि एवं वृहत उत्पादनको युग उन्नाइसौं र बिसौं शताब्दीदेखि मात्र सुरुआत भएको हो।
माथि उल्लेखित पृथ्वीको उत्पतिदेखि मानव जातिको उत्पति एवं उनीहरुको अहिलेको अवस्थामा पुग्दासम्मको इतिहासले के प्रष्ट पार्दछ भने यस ब्रह्माण्डमा भएको कैयौँ अन्य ग्रहहरु मध्ये पृथ्वी एउटा मात्र ग्रह हो र यस ग्रहमा हालसम्म पता लागेको लाखौं जीवजन्तुहरु सँगसँगै हामी मानव जाति पनि आफ्नो जीवनयापन गरिरहेका छौं।
जसको वर्तमान अवस्था पनि एक दिनको परिणाम नभएर हजारौं वर्ष पहिलेदेखि मिहेनतको परिष्कृत स्वरुप हो। तर्सथ, मानव जातिको क्रमिक विकासमा यो कोरोना भाइरसले एउटा नयाँ अध्याय मात्र थप्न लागेको हो, मानव जातिको अस्तित्व नै संकटमा पारेको होइन। हामी यस अवस्थामा सचेत भएर बस्न सक्यौँ भने भविष्यमा धेरै नँया प्रविधिहरुले हाम्रो प्रतिक्षा गरिरहेको छ।
संसारमा अहिले देखिएको यो कोरोना भाइरसको माहामारी हाम्रा जीवनमा पहिलो हुनसक्छ। तर संसारले यस्ता कैयौँ माहामारी बितेका वर्षहरुमा झेलिसकेको छ। मलेरिया, क्षयरोग, मिर्गी, इन्फ्लूएन्जा, दादुरा, हैजा, एचआईभि, इबोला, सार्स, प्लेग आदि माहामारीबाट मानव जातिले सफलतापूर्वक पार पाईसकेको छ।
यीमध्ये आजभन्दा एक सय वर्ष अगाडि सन् १९१८—१९१९ ताका एचवनएनवन भाइरस नामक विषाणुबाट फैलिएको स्पेनिस फ्लूको कारण चार करोडदेखि पाँच करोड मानिसको ज्यान गएको थियो।
यति ठूलो संख्यामा मानविय क्षति भएपनि पृथ्वीमा बाँकी रहेको अन्य मानिसले संयमता नगुमाई आफनो गन्त्व्य हासिल गर्न क्रियाशिल रहेकै कारण हामी वर्तमान समयको मानवजातिको जन्म यस पृथ्वीमा संभव भएको हो। अन्यथा, हामी यस पृथ्वीमा हुने थिएनौं।
त्यो महामारीबाट बचेकाहरुले आफ्नो बाँकी जीवनकालमा गरेको कडा मिहनेतको परिणाम स्वरुप असंख्य नँया प्रविधि, प्रक्रिया एवं वस्तु तथा सेवाहरुको विकास भएको कारण हाम्रो जीवन सहज भएको हो।
यसरी हामीले पनि यस कोरोना भाइरसको माहामारीबाट आफूलाई बचाई अब एक सय वर्ष पछिको पुस्ताको लागि कैयौँ नँया खोजहरु गर्न बाँकी छ।
त्यो खोज हामी आफैंले गर्न नसके पनि हाम्रा अगामी पुस्ताहरुले पक्कै गर्न सक्नेछन् भन्ने आत्मविश्वासको साथ यस संकटको घडीलाई सफलतापूर्वक पार लगाउनु हाम्रो दायित्व हुन गएको छ।
तर्सथ, क्षणिक संकटलाई बाहाना बनाई आफनो जीवनबाट हार खाने समय नभई संसारलाई यस संकटबाट सक्दो कम मानवीय एवं आर्थिक क्षति हुन दिई पार लगाउन सक्नु नै अहिलेको सबैभन्दा महत्वपूर्ण लक्ष्य हुनु पर्दछ र सो लक्ष्य हासिल गर्न सरकार एवं विशेषज्ञहरुले सुझाएका उपायहरुलाई सक्दो आत्मसाथ गर्नु नै बुद्धिमानी हुनेछ।
मानव जातिले यस पृथ्वीको परिधिभन्दा बाहिर अर्थाथ चन्द्रमामा पाइला टेकेको पनि पचासौं वर्ष पुरा भईसकेको छ। अब आउने वर्षहरुमा अर्को ग्रह अर्थात मंगल ग्रहमा मानव वस्ती योजनाको साथ केही सरकारी एवं निजी कम्पनीहरु अनुसन्धानलाई तीव्र पारेको छ।
अमेरिकी अर्बपति तथा टेसला मोटर्सको मालिक इलोन मस्कले सन् २०५० सम्ममा दसौं लाख मानिसलाई मंगल ग्रहमा बसाउने योजना अगाडि सारेको छ। यस माहामारीबाट आफूलाई बचाई, त्यस दस लाख मध्ये एक जना आफू वा आफ्नो अगामी पुस्ताको सदस्य हुनेछ भन्ने सपनालाई साकार पार्न जसरी पनि यस संकटबाट आफूलाई बचाउन स्वंय उत्प्रेरित हुनु अहिलेको आवश्यकता हो।
यसको साथै जीवन बारम्बार पाइरहने कुरा होइन। एक पटक पाएको जीवनमा सक्दो धेरै एवं सक्दो राम्रो काम गर्नको लागि तपाईको बाँकी जीवनको महत्व अझ बढी रहेको छ। अहिलेसम्म तपाईले हासिल गर्नु भएको ज्ञान एवं अनुभवको प्रतिफल लिन बाँकी नै छ।
तर्सथ, गरेको लगानीको प्रतिफल प्राप्त गर्ने बेलामा देखिएको सानोतिनो समस्या एवं चुनौतीलाई बाहाना बनाएर तपाई निराश हुने बेला होइन। हामी सबै जना एकजुट भई यस संकटमा एकले अर्कोलाई सक्दो भौतिक एवं आर्थिक सहयोग गरी एकअर्काको साहारा बन्नु पर्ने समयमा तपाईको जीवन संयागवश आइपुगेको छ, यसलाई सक्दो सदुपयोग गर्नुहोस् र आफूलाई उत्प्रेरित राखिरहनुहोस्।
भनिन्छ, मानिसको समय बलवान् हुन्छ, मानिस होइन। तर्सथ, यतिबेला मानिसको समय कमजोर भएको हो, मानिस होइन। ‘वर्तमान समय एक दिन बित्ने छ’ भन्ने उखान सबैको लागि उति नै सान्दर्भिक हुन्छ। जसको वर्तमान समय बलवान् छ, उसको पनि बित्छ र जसको यो समय कमजोर छ, उसको पनि बित्छ।
कोरोना भाइरसको लागि अहिलेको समय बलवान छ र मानव जातिको लागि कमजोर। तर यस्तो परिस्थिति सधैं रहिरहदैंन। मानव जातिको लागि कमजोर प्रमाणित भएको यो समय आउने निकट भविष्यमा नै कोरोना भाइरसको लागि कमजोर प्रमाणित हुने तथ्य निश्चित नै छ।
किनकी यो कुरा इतिहासले प्रमाणित गरेको छ। कुनैबेला असंभव लाग्ने कुनै कुरा अहिले इतिहासमा सिमित भएको छ। यहि हविगत यस भाइरसको पनि हुने वाला छ, त्यो पनि तपाईकै जीवनको अवधिमा। तपाईकै जीवनकालमा लेखिएको इतिहास तपाई पढ्नको लागि पनि अहिलेको यस संकटलाई पार लगाउनै पर्छ।
वषौंदेखि बानी परेको दैनिकीको तालिकालाई छोटो समयमा परिवर्तन गर्न सजिलो त छैन, तर अर्को उपाय पनि त छैन। जतिबेला संसार नै नकारात्मक सामाचारहरुले भरिएको छ, त्यतिबेला आफूलाई बाँकी संसारको कालो अध्याँरोमा चाँदीको घेरा खोज्ने गरी सक्षम एवं परिवर्तन हुने जिम्मेवारी तपाईको काँधमा आईपुगेको छ। यस जिम्मेवारीलाई सक्दो राम्ररी पूरा गर्नुहोला।