आज बिहान ७ बजेदेखि हुने स्थानीय तह निर्वाचनमा मतदानका लागि बिहान ६ बजेदेखिनै मतदाता लाइनमा बसेका छन्।
मुलुकभरमा ७५३ स्थानीय तहमा एक साथ हुने निर्वाचनका लागि अधिकांश मतदाता आ-आफ्ना मतदानस्थलमा पुगेका हुन्। 
कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । 
६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ । 
आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् । 
आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। 
निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू




 विराटनगरका मतदाता
विराटनगरका मतदाता
 विराटनगरका मतदाता
विराटनगरका मतदाता
 विराटनगरका मतदाता
विराटनगरका मतदाता
 काठमाडौंका मतदाता
काठमाडौंका मतदाता
 वुटवलका मतदाता। तस्बिरः भगवती पाण्डे
वुटवलका मतदाता। तस्बिरः भगवती पाण्डे
 वुटवलका मतदाता। तस्बिरः भगवती पाण्डे
वुटवलका मतदाता। तस्बिरः भगवती पाण्डे