काठमाडौंको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेकी सुनिता डंगोलले ९२० मत पाएकी छन्। २२९० मत गन्दा उनले ९२० मत पाएकी हुन्।
काठमाडौं महानगरका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले पौने ११ बजे दोस्रो मतपरिणाम सुनाएका हुन्।
डंगोलका प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २४६ मत पाएका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ११० मत पाएकी छन्।
यता मेयरमा बालेन शाहले अग्रता कायम राखेका छन्। उनले ७६८ मत पाएका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, २३:११:००