जाजरकोटको भेरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार गगन बहादुर खड़काले अग्रता लिएका छन्। उनले अहिलेसम्मको मतगणनामा नौ सय १५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
उनलाई नेकपा एमालेका मेयर उम्मेदवार चन्द्र प्रकाश घर्तीले सात सय ६३ मतका साथ पछ्याइरहेका छन्। नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार चार सय ९० मत ल्याएर तेस्रो स्थानमा छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, ०२:३३:३३