भारतले चन्द्रयान-२ रकेटलाई चन्द्रमामा जुलाई २२ सोमबार प्रक्षेपण गर्ने भएको छ।
गत सोमबार १५ जुलाईमा प्रक्षेपण गर्न लाग्दा केही प्राविधिक समस्याका कारण भारतले स्थगित गरेको थियो।
त्यसपछि भारतीय स्पेस एजेन्सीले जुलाई २२ का दिन भारतीय समय अनुसार २ बजेर ४३ मिनेटमा प्रक्षेपण गर्ने जनाएको छ।
गएको सोमबार प्रक्षेपण हुन लाग्दा सुरू भएको ५६ मिनेटपछि मै इन्धन चुहिने समस्या भएलगत्तै स्थगित गरेको एजेन्सीले बतायो।
त्यस्तै सो रकेट प्रक्षेपण गर्न १५० मिलियन डलर खर्च भएको र चन्द्रमाको दक्षिण धुव्रमा पुग्ने बताएको छ।
भारतले पहिलो रकेट चन्द्रयान-१ सन् २००८ मा प्रक्षेपण गरेको थियो।
प्रकाशित मिति: बिहिबार, साउन २, २०७६, १७:१३:००